हिपमत डटकम

शुक्रबार, जेठ ०७, २०७८ || 835  पटक पढिएको

मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको सुतेकै ओछयानमा हत्या भएको छ ।

सुन्दरहरैचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले अर्ध नग्न शव रगताम्मे अवस्थामा भेटिएको जानकारी दिए ।

निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतक गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा एक्लै बस्दै आएका थिए ।

उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको प्रहरीले जनाएको छ ।

ज्यालमजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु दैनिक बिहानै उठेर काममा जाने गरेका थिए । ढिलासम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै ओछयानमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेको थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!