हिपमत डटकम

शुक्रबार, जेठ ०७, २०७८ || 895  पटक पढिएको

आज साँझ ५ बजेसम्मपनि विपक्षी गठबन्धनले वैकल्पिक सरकार गठन नगरे मुलुक चुनावमा जाने निश्चित् भएको छ । हिजो मात्रै राष्टपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मको समयसिमा दिएर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेकी छिन् ।

धारा ७६ को ३ बमोजिम सपथ लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको अवस्थामा नयाँ सरकार गठनको लागि आह्वान हुनु आँफैमा गैरसंवैधानिक रहेको कांग्रेस, माओवादी केन्द्रका नेताहरुका साथै संविधानविद्हरुको टिप्पणी छ । तर, वैकल्पिक सरकार गठनमा निर्णायक शक्ति बनेको जनता समाजवादी पार्टी, नेपालको एउटा पक्ष भने प्रधानमन्त्री ओलीलाई नै सघाउनेगरि आफ्नो कदम चालिरहेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतो पछिल्लो समय निरन्तर प्रधानमन्त्री ओलीसँग सम्वादमा छन् । उनीहरु हिजो राति अवेरसम्मपनि बालुवाटारमा रहेको विशेष स्रोतको दाबी छ । वैकल्पिक सरकार गठनमा जसपाको ठाकुर पक्षले साथ नदिने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि त्यसको लागि खासै बल नगर्ने तयारी गरेका छन् ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओली संसद विघटन गरेर चुनावमा जाने अन्तिम तयारीमा छन् । यसको लागि उनले कांग्रेस सभापति देउवा र जसपाका अध्यक्ष ठाकुरको पनि विश्वास जितेको बताईन्छ । वैकल्पिक सरकार गठनमा ठाकुर पक्ष यसअघिझैं तटस्थ बस्ने र नयाँ सरकार गठनमा देउवाले कुनैप्नि पहल नलिएपछि आज ५ बजेम्म दिईएको समयमा वैकल्पिक सरकार गठन नहुने भएपछि प्रधानमन्त्रीले आजै साँझ मन्त्रिपरिषद बैठक राखेर संसद विघटन गर्ने र निर्वाचनको नयाँ मिति घोषणा गर्ने जनाईएको छ ।

बरु, चुनाव घोषणा गरेपछि जसपाको ठाकुर पक्षलाई सरकारमा सहभागी गराउने उनको योजना छ । अध्यक्ष ठाकुरले पनि मुलुकलाई निकास दिनेगरि आफूहरु अघि बढेको प्रतिक्रिया दिईसकेका छन् । उनले आफूपक्षधर सांसदहरुको अहिले सिंहदरबारमा जारी भेलाअघि पत्रकाहरुसँग संक्षिप्त कुरा गर्दै मुलुकलाई निकास दिनेगरि भूमिका खेल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!