हिपमत डटकम

शुक्रबार, जेठ ०७, २०७८ || 647  पटक पढिएको

जनकपुरधाम । सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यो निर्णयको पर्खामा मधेसका हजारौं मानिस थिए । पटक पटक आन्दोलन समेत भएको थियो । पछिल्लो समय जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी ओलीलाई गरेको आग्रहपछि जनसिद्ध नागरिकता दिने निर्णय गरिएको छ ।

नागरिकता सम्बन्धी सरकारले गरेको निर्णयमा जसपाका बरिष्ट नेता राजेन्द्र महतोसँगै धनुषा क्षेत्र नम्वर २ बाट निर्वाचित साँसद उमाशंकर अरगरियाको पनि ठूलो योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!