देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयुर्वेद औषधालयले कोरोना संक्रमितलाई आयुर्वेदिक औषधीबाट उपचार सुरू गर्ने भएको छ ।

कोरोना भाईरसको तेस्रो लहर शुरु भए सँगै देवानगञ्ज गाउँपालिकामा संक्रमितको संख्या तिब्र गति लिएको र जोखिमको समेत सम्भावना जटिल बन्दै गएकोले कोरोना संक्रमित विरामीहरुलाई आयुर्वेदिक पद्धतिबाट उपचार गर्न लागेको हो ।

स्वास्थ्य उपचारमा खटिएका आयुर्वेद औषधालय प्रमुख जिवछ पञ्जियार, रामखेलन मेहता लगायतका स्वास्थ्यकर्मीले संक्रमितहरुको पहिचान गरी घर दैलोमा पुगी उपचार गर्दै आएको देवानगञ्ज गाउँपालिकाका स्वास्थ्य संयोजक उमेश प्रसाद मेहताले जानकारी दिए । काेरेना सँग लडन र इम्युनिटि पावर पढाउनका लागि अमला चुर्न, अश्बगन्धा चुर्न र सितोपलादी चुर्न औषधि दिएर उपचार गरेको बताउनु भयो ।

संयोजक मेहताका अनुसार अरु औषधी भन्दा आयुर्वेदिक औषधी निकै प्रभावकारी भएको भन्दै आजबाट संक्रमितहरुको लागि आयुर्वेकिद औषधीबाट उपचार गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!