हिपमत डटकम

बिहिबार, जेठ ०६, २०७८ || 639  पटक पढिएको

बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने भएको छ । विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै पार्टीले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको जानकारी दिए ।

‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

बागमतीमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल समूहबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

विवेकशील साझाका तीन जना प्रदेशसभा सदस्य मतदाता छन्। उनीहरुको कुल मत भार १४४ छ । यो मत कुनै उमेद्वारलाई पनि नपर्ने भएको छ ।

यस्तै विवेकशील साझाले मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न सरकार र निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय पनि गरेको पौड्यालले बताए ।

विवेकशील साझाले सर्वोच्च अदालतले २०७० पौष २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको ब्यहोरा स्मरणीय गराएको छ ।

‘सात वर्ष भन्दा बढी भइसक्दा पनि उक्त आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासीन रहनु र यस राष्ट्रिय सभाको निर्वाचनसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ विकल्प सामेल नगरिनु खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!