हिपमत डटकम

बिहिबार, जेठ ०६, २०७८ || 658  पटक पढिएको

देशमा चक्रवात ताउ-ते को प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको गुजरात हुँदै उत्तर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवातका साथै पश्चिम न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

आज विहान देखि नै काठमाडौं उपत्यकाका अलावा पश्चिम र मध्य पहाडी तथा तराईका अधिकांश स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रहने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!