
पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको निधन भएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले बतायो ।
योगनारायण यादव नेकपा एमालेका नेता हुन् । उनी २०५६ सालमा सांसद निर्वाचित भएका थिए ।
स्रोतका अनुसार यादवका दुवै मिर्गौला खराब थिए । मिर्गौला प्रत्यारोपणको तयारीअनुसार उनी अस्पताल भर्ना भएका थिए ।
सबैलामा विद्यालय व्यवस्थापन समिति गठनको विवादमा झडप हुँदा दुई जनाको मृत्यु भएको घटनामा यादव मुछिएका थिए । जिल्ला अदालतले वारेन्ट जारी गरेपछि यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउसमेत गरेको थियो ।