हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 556  पटक पढिएको

पोखरा  । दिपक मनाङे दोस्रोपटक मन्त्री भएका छन् । उनी गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । तर, गण्डकी प्रदेशबाहिर भएकाले सपथ लिन पुगेनन् । मनाङले पछि सपथ लिने जानकारी दिएको बुझिएको छ ।

आज प्रदेश प्रमुख सीता पौडेलले मन्त्री नियुक्त भएका ५ मध्ये ४ मन्त्रीलाई सपथ गराएकी छिन् । सपथ लिनेहरुमा किरण गुरुङ आर्थिक मामला तथा योजनामन्त्री छन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन विनाविभागीय मन्त्री छन् । उनीहरुलाई पछि मन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्ताव छल्न २९ वैशाखमा राजीनामा दिएका थिए । उनलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनः मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!