
लहान । बुधबार सिराहाको लहान न.पा. वार्ड नं १० मा अवस्थित पूर्व मन्त्री तथा सांसद माननीय सरिता गिरीको घरमा बसेको बैठकले लहानमा कोभीड विरुद्ध अभियान चलाउने निर्णय गरेको छ।

लहानमा दिन दिनै बढिरहेको कोभीडको अवस्थालाई मध्यनजर गर्दै र लहानमा रहेको प्रादेशिक अस्पताल रा. उ. अस्पतालमा कोभीड नियन्त्रण गर्न कठिनाइ भईरहेको हुँदा सो अभियान चलाउन लागेको छ ।
समयमै ध्यान दिइएन भने यो अवस्थालाई न्यूनीकरण गर्न अप्ठ्यारो हुनसक्ने भन्दै अभियानमा पूर्व मन्त्री सरिता गिरीको संयोजक र युवा नेता भोलजीत नेपालको सह-संयोजक सहित ११ जनाको कार्य समिति चयन गरिएको छ।
यो कुनै राजनीतिक संघ संस्था सँग आवद्ध न रही , बिल्कुलै निस्वार्थ भावनाले लहान नगरवासी लाई स्वास्थ लगायत विभिन्न क्षेत्रहरुमा कार्य गर्ने युवा नेता नेपालले हिपमत डटकमलाई बताए। कोरोना सँग एकदमै विशाल आत्मबल का साथ लड्नु पर्ने अवस्था देखिएकाले र घरमै बसी पोषणयुक्त खानपिनमा ध्यान दिए यसलाई परास्त गर्न सकिन्छ भनेर युवा नेता नेपालले थपे।

लहान नगरपालिका भित्र रहेको सम्पूर्ण स्वास्थ सँग सम्बन्धित , अस्पताल देखि लिएर साना क्लिनिक सम्मलाई सावधानीका आधारभूत समाग्रीहरु प्रदान गरिनेछ र उक्त प्रोटोकल पालन गर्नका लागि विभिन्न खालका दबाव र पारदर्शिताका निम्ति सो अभियानले काम गर्नेछ ।
साथै युवा नेता नेपालले सबै लहान नगरवासीमा सामाजिक दूरी कायम गर्न , मास्क लगाउन , अनावस्यक बाहिर न निस्किन आपिल समेत गरेको छ ।