जुगेश दास

बिहिबार, बैशाख २३, २०७८ || 521  पटक पढिएको

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कार्यालय समेत रहेको बजार क्षेत्रकै मूख्य सडकमा दुईदिनदेखी परेको वर्षाको पानी जमेर आवतजावतमा समस्या भएको छ ।

विकास निर्माणको काम समयमा नगरेको र भएको काममा समेत गुणस्तर नभएकाले बैशाखकै वर्षाको पानीमै जलमग्न भएकाले यात्रुलाई आवतजावत गर्न समस्या भएको गुनासो स्थानीयहरुले गरेका छन् । देवानगञ्ज गाउँपालिका २ नम्बर वडा कार्यालयको क्षेत्रमा पर्ने बजारकै इनरुवा कप्तानगञ्ज सडक खण्डको देवानगञ्ज बजार उतरको मूख्य सडकमा बैशाखमै जलमग्न भएकाले यात्रुलाई समस्या भएको स्थानीय विरेन्द्र मेहताले जानकारी दिनुभयो ।

सडकमा पानी जमेको र निकास नभएकाले पैदद यात्रु देखी मोटरसाईकलमा हडिने समेत हिलो छ्यापिएर जानुपर्ने बाध्यता रहेको एक यात्रुले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष पुनिता देवी यादवको घर अगाडीनै बाटोको यस्तो दुरदशा हुदाँ समेत मर्मत नगरिनु लजास्पद भएको जसपा देवानगंजका नेता बेचन मेहताले बताउनु भयो । मेहताका अनुसार देवानगंज र इनरुवा जोडने मुख्य बाटोकै हाल यस्तो हुदाँ समेत गाउँपालिकाको ध्यान न जानुले स्थानिय सरकार दिउँसै सुतेको संघाया दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!