हिपमत डटकम

बुधबार, बैशाख ०८, २०७८ || 598  पटक पढिएको

डोटी  ।  यहाँको भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको सुदूरपश्चिम क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरुले भने यो सुन्दर पक्षलाई नै छायाँमा पारिदिएको महसुस हुने गर्दछ । विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविकि विविधता र बहु सांस्कृतिक परम्पराले सुदूरपश्चिम क्षेत्र निकै चर्चामा रहेपनि यहाँको सामाजमा व्याप्त छाउपडीलगायत महिला हिंसाका अरु अन्धविश्वासका कारण उत्तीकै मात्रामा बदनाम पनि हुन पुगेको छ ।

सरकारी संयन्त्र र सामाजिक संघसंस्थाहरुले जति नै प्रयास गरेपनि सुदूरपश्चिम प्रदेश भन्ने बित्तिकै अधिकांस नागरिकको दिमागमा छाउपडी प्रथा कायम रहेको क्षेत्रका रुपमा स्मरणमा आइहाल्छ । यो नहोस् पनि कसरी ? यीनै कुप्रथाका कारण यहाँका सयौँ महिलाले वर्षेनी अकालमै ज्यान गुमाउनुपरेको छ । यहाँ यस्ता वियोगका प्रसस्त उदाहरण भेटिन्छन् । कलकलाउँदो उमेरमा महिनावारी अर्थात् स्थानीय भाषामा छाउ भएपछि गोठमै बस्न बाध्य बनाइएका कारण यहाँका महिलाहरु मृत्युको मुखमा पुग्न बाध्य छन् । छाउपडी र त्यसमाथि अझै बोक्सीजस्ता अन्धविश्वासको जरो यो प्रदेशमा अझै उखेल्न सकिएको छैन । यीनै कुप्रथाहरुले अझै पनि यहाँका महिलाहरुको ज्यान लिइरहेको छ ।

यो प्रदेशको नौ जिल्लामध्ये सातवटा पहाडी जिल्लाका अधिकांस महिलाहरु छाउपडी प्रथाका कारण वर्षेनी मृत्युको शिकार हुन बाध्य भएका छन् । छाउपडी प्रथाका कारण वर्षेनी दर्जर्नौं महिला अकालमै ज्यान गुमाउन पनि बाध्य छन् । त्यसको खासै रोकथाम तथा उन्मुलन हुन सकेको छैन । यहाँका पहाडी जिल्लाहरुमा अहिले पनि विभन्न अन्धविश्वास कायमै रहेका कारण छाउपडी प्रथाको अन्त्य हुन सकेको छैन । अहिले पनि यसैकारण ठूलो सङ्ख्याका महिलाले वर्षेनी अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । महिलाको अकालमै छाउगोठमा ज्यान जाने गरेको छ ।

केही समय अघि मात्र पनि जिल्लाको पुर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया एक मिहलाको छाउगोठमा सुतिरहेको अवस्थामा ज्यान गयो । गोठमा हुने अत्यधिक जाडोका कारण राति आगो बालेर सुतेकाले आगलागीमा परेर उनको ज्यान गएको डोटी प्रहरीको अनुमान छ । त्यसैगरी छिमेकी जिल्ला अछाम रिडीकोटकी १६ वर्षीया शर्मिला भुलको पनि दुई वर्षअघि छाउपडी गोठमै मृत्यु भयो । गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन् । गोठभित्र धुवाँले निसास्सिएर मृत्यु भएको गाउँलेले अनुमान गरे पनि उनको पोष्टमार्टम भने गरिएन ।

त्यस्तै बाजुराको कोटिला खोयाकी १७ वर्षीया भावना मल्लको पनि गतवर्ष नै महिनावारी भएकै समयमा मृत्यु भयो । उनी पनि छाउगोठमै मृत अवस्थामा फेला परेकि थिइन् । राति खाना खाएर सुतेकी भावना बिहान मृत फेला परेकी हुन् । उनको पनि पोष्टमार्टमबिना नै दाहसंस्कार गरिएको थियो । महिनावारी भएका महिलालाई छुनु हुँदैन र उनीहरूलाई छोएमा नर्क गइन्छ भन्ने गलत मानसिकता तथा अन्धविस्वासका कारण पनि मृतकको पोष्टमार्टम नगरिएको स्थानीयबासीको भनाई छ ।

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । यीनै सामाजिक कुप्रथाका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका महिलाहरु सामाजिक हिंसामा पिल्सिन बाध्य भएका छन् । यहाँका महिलामाथि हुने सामाजिक हिंसाकै कारण मृत्युको मुखमा धकेलिने गरेको सो क्षेत्रमा काम गर्ने संघ संस्थाको भनाई छ । सामाजिक कुसंस्कारकै कारण महिला समाजका हरेक गतिविधिमा अगाडि जान नसक्नुका साथै अकालमै मृत्युको मुखमा पुग्न बाध्य हुने गरेको महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएकी डोटीकी सीता रायमाझीले बताए । “लैंगिक रूपमा पनि देशको अन्य क्षेत्रभन्दा सुदूरपश्चिममा पुरुष सरह महिलाले सामाजिक कार्यक्रममा खुलेर सहभागी हुन पाउँदैनन”,उनले भने, “जसले गर्दा महिलाले आफ्नो समस्या खुलेर राख्न पाउँदैनन् र मनमा गुम्साएर राख्न बाध्य छन् ।” रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!