हिपमत डटकम

सोमबार, बैशाख ०६, २०७८ || 920  पटक पढिएको

सुनसरी,बैशाखा-०५ गते । डाँका मुद्दाका ५ फरार प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु-१ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी-१३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० बर्षीय अजिम मिया र सुनसरी दुहबी-११ का ३० बर्षीय सर्वन उराव रहेका छन । यो समुहले मिति २०७७ साल फागुन ६ गते सुनसरी बर्जु-१ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी शुभाष लगायतको उनको परिवारलाइ कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुल्न आएको छ । पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिषिवी साध्ने सोच बनाई यो समुहलाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको 7.65KF लेखिएको १ राउण्ड गोली लगायतका सामनहरु बरामद गरिएको तथा उनिहरु उपर थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!