प्रताप कायस्थ उमेरले ४५ कटे । पोखरामा उनको घर थियो, जग्गा जमिन थियो तर उनी व्यवसायको लागी काठमाण्डौं गए । ११ बर्षकी छोरीले आत्महत्या गरेपछि उनको दुःखको दिन सुरु भयो । उनलाई ब्रेन ह्याम्रेज भयो । उपचार गर्दा गर्दा उनको सारा सम्पती सकियो ।

प्रष्टसँग बोल्न र हिँडडुल गर्न नसक्ने गरी थलिएका कायस्थाको रेखदेखमा उनका १३ बर्षीय छोरा अर्जुन श्रेष्ठ आफ्नो पढाई छाडेर बाबुको रेखदेखमा लागेका छन् । पहिले बाबुको उपचार त्यस पछि मात्र मेरो भविश्य हेर्नु पर्ला भनेका अर्जुनले आमाको आम्दानी नभएको र बाबुको रेखदेखमा चौबिसै घण्टा खटिनु परेकोले पढाइभन्दा बाबुको स्वास्थ्य ठुलो भएकोले बाबुको उपचारमा लागेको बताए । कक्षा ६ मा अध्ययनरत अर्जुन साथी भाइहरूले बिद्यालय जाउँ भन्दा बाबुको अनुहार हेरेर चित्त बुझाउने गरेको बताए ।

कोरोनाको कारण देशमा लकडाउन भएको अबस्थामा हात खुट्टा झमझम पार्दै एकाएक बेहोस भए पछि विभिन्न अस्पतालमा पुराउदै उनको उपचार गर्दै आउँदा हाल एक लाख ऋण नै पुगेको कायस्थकी श्रीमती तिल माया श्रेष्ठले बताइन् । उनको उपचारको लागी सबैसंग उनको परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!