रबिन्द्र बराल

बुधबार, बैशाख ०१, २०७८ || 1051  पटक पढिएको

रंगेली। मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरी मा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्ष काे दिन बर्षाे देखि मेला तथा विशेष पुजाआजा हुदै आएता पनि बिगत बर्ष देखि भने काेराेना भाइरसका कारण साे मंन्दिर मा भने सामान्य पुजा मात्रै हुदै आईरहेकाे छ ।

सुनवर्सि थान मंन्दिरमा विशेष पुजा आजका साथसाथै मेला समेत उल्लेख्य लाग्दै बिश्वब्यापी रुपमा दाेस्राे चरणमा काे काेराेना भाईरसका काे लहर बडदै गएपछि यस बर्ष पनि तराईमा बैशाख १ गतेदेखि लाग्दै अएकाे सम्पुर्ण मेला हरु सम्पुर्ण नगरपालिकाले ले भिडभाड हुने स्थानमा कडाइ गर्ने थालेको छ । प्रत्येक बर्ष बैशाख १ गते का दिन तराईका विभिन्न देवि देउता हरु बासस्थान रहेकाे ठाउँमा झकिझकाउ सुन्दर बनाउदै आईरहेता पनि बिग बर्ष देखि भने सबै स्थान भने सुनसान हुने गरेको र सामान्य पुजापाठ मात्रै हुदै आईरहेकाे छ । सुनवर्सि महारज थानमा विशेष गरेर आफ्नो मनाेकामना पूरा भए पछि माटोको हात्ती, कागजबाट बनाइएको फुलघाेडा बडिमात्रामा चडाउने गरेका छन । तराईमा बसाेवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता काे रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन ।

सुनवर्सि बाट वैशाखभरि माेरङकाे दक्षिणी भेगमा विभिन्न थानमा मेला हुने प्रचलन समेत रहेको छ ।उक्त मेलामा पूर्वी तराईको झापा,मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् । सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको समिति का अध्यक्ष कुमार बुडाथाेकी ले बताए । उनलेे भने गत बर्ष र यस बर्ष मंन्दिरमा विशेष पुजा नहुदा र माल नलाग्दा समिति लाई ५ लाख रुपैयाँ सम्म घाटा लागेको बुडाथाेकी ले बताए । ५० वर्षअगाडि देखि उक्त स्थान मा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ ।

तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी देख्न सकिन्छ । सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका अध्यक्ष बुडाथाेकी ले भने यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताउँदै यसको संरक्षण र विकास नै हाम्रो चासो हो ।’’ उनले सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा बनाउने प्रयार थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!