हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 1016  पटक पढिएको

घुम्न जाउँ भनेर घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पुर्‍याई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका हुन्।

बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार पक्राउ परेका बुढा हुम्लाको सर्केगाड गाउँपालिका-१ घर भई दस वर्षदेखि युवतीको नेपालगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए।

बुढाले पीडितकी आमासँग गत मंसिर ५ गते ‘हामी सँगै घुम्न जान्छौं’ भनेर बाँकेको बैजनाथ गाउँपालिका-१ गाभर भ्यालीको होमस्टेमा लगेका थिए। प्रहरीका अनुसार त्यहाँ पुगेपछि उनले जुसमा लागु औषध नाइट्राजेपाम राखेर खुवाएका थिए। युवती बेहोस भएपछि उनले बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

ती युवतीलाई मंसिर ६ गते अचेत अवस्थामै घरमा लगेर छोडेपछि उनी बेत्तपा भएका थिए। युवतीको भेरी अस्पताल नेपालगञ्जमा उपचार भएको थियो।

बुढाको खोजी गर्ने क्रममा प्रहरीले चैत ८ गते काठमाडौंको हाँडीगाउँबाट उनलाई पक्राउ परेको गरिएको प्रहरीले जनाएको छ।

मुलुकी फौजदारी संहिताअनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई ७ देखि १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!