काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका बेला केपी शर्मा ओली समूहतिर घोषित रूपमै लागेर मन्त्री भएका पूर्व माओवादी सांसदहरू अब नेकपा एमालेतिरै रहने भएका छन् ।

हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पूर्व माओवादीका ७ जना नेताहरू मन्त्री छन्, जसमध्ये ५ जना सांसद छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताएपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा पूर्व माओवादीका सांसदहरूले दल त्याग ऐनअनुरूप सांसद पद गुम्ने स्थिति आए पनि आफूहरू ओलीतिरै रहने निष्कर्ष निकालेका छन् ।

‘बरु हाम्रो संसद सदस्यता जाओस्, त्यसमा केही चिन्ता छैन,’ पूर्व माओवादी एक सांसदले प्रधानमन्त्री ओलीसँग भने, ‘हामी एमालेतिरै हुन्छौं प्रधानमन्त्रीज्यू । जुन विन्दुमा आवश्यक पर्छ, त्यो विन्दुमा गएर हामी सांसद पद छाड्छौं तर तपाईंलाई छाड्दैनौं ।’

नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी ५ जना सदस्यहरू मन्त्रिपरिषदमा सहभागी रहेका छन् । ओली मन्त्रिपरिषदमा सामेल २ जना सांसद बनिसकेका छैनन् ।

नेकपा माओवादी केन्द्रका शक्तिशाली नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेका छन् । उनी राष्ट्रियसभा सदस्य समेत हुन् । प्रतिनिधि सभामा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् । कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका छन् । कैलालीकै सांसद गौरीशंकर चौधरी श्रम मन्त्री रहेका छन् । रौतहट क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रभू शाह शहरी विकास मन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!