हिपमत डटकम

आइतबार, फाल्गुण २३, २०७७ || 352  पटक पढिएको

सल्यान, फागुन २३ । ११ महिनाअघि हावाले उडाएको सल्यानको एक निम्न माध्यमिक विद्यालयको छानो अझैसम्म नबन्दा बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । गएको वैशाखमा हावाहुरीले छाना उडाएपछि बनगाड कुपिण्डे नगरपालिका–११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।

चर्किंदै गएको गर्मी र फागुन महिनाको हावाहुरीले बाहिरको सबै धूलो उडाएर भत्किएको भवनभित्र ल्याउने गर्छ । ‘छानो नहुँदा खुला आकाशमा बसेर पढ्दा छारोधूलोले गर्दा टाउको दुख्ने समस्याले हैरान पारेको छ’, विद्यार्थी तिलक बुढामगरले भने– ‘छाना उडाएको भवनमा बसेर पढ्दा भित्ता र काठ भत्किएर मरिने हो कि भन्ने त्रास पनि उत्तिकै छ ।’गत वैशाख २८ गते आएको हावाहुरीले विद्यालयको छाना उढाएको थियो । विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि नगरपालिकाले वास्तै नगरेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीको भनाई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!