हिपमत डटकम

शनिबार, फाल्गुण २२, २०७७ || 603  पटक पढिएको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारगार पुगेर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् ।

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्ट विप्लव, वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् ।

उनीहरुले कारागारमा रहेका समूहका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् । २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् ।

अनलाईनखबर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!