हिपमत डटकम

बुधबार, फाल्गुण १९, २०७७ || 508  पटक पढिएको

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी चैत २० भित्र अनिवार्य रूपमा सीसीटीभी जडान गरिसक्न परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको छ ।

सुचनामा “त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा सञ्चालन गरिने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रहरूलाई २०७७ साल चैत २० गतेभित्र परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामरा जडान गरी सोको अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई दिई आगामी दिनमा परीक्षा सञ्चालन गर्न त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय भए अनुसार सम्बन्धित सबैलाई यो सूचनाद्वारा सूचित गरिन्छ ।” उल्लेख गरिएको छ ।
बुधवार जारी गरीएको सो सूचना –

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!