हिपमत डटकम

मंगलबार, फाल्गुण १८, २०७७ || 587  पटक पढिएको

काठमाडौं । चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरिएको छ । यही २७ फागुनबाट यो चलचित्रको छायाँकन सुरु गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् ।

काठमाडौंमा मँगलबार एक समारोहबीच शाहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरियो । चलचित्र गोर्खा वारियरको छायाँकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर २ छायाँकन थालिएको र यो चलचित्र रिलिजपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता निर्देशक चाम्सले घोषणा समारोहमा बताए ।

युद्धमा शाहदत्त प्राप्त गरेका गोर्खा सैनिकप्रति पनि कार्यक्रममा फुलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरियो । निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिहरुले व्यक्त गरेका भनाई र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य दृष्य सहित कार्यक्रममा प्रकाश पारे । गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्य एउटा बास्तविक कथालाई यो फिल्ममा उतार्न लागेको पनि उनले बताए । गोर्खा वारियर चलचित्र ४ सृँखलासम्म निर्माण गर्ने घोषणा पनि उनले कार्यक्रममा गरे ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले यो चलचित्रले नेपाल नेपालीलाई गोर्खा सैनिकको रुपमा श्रव्य दृष्य मार्फत विश्वमा चिनाउने विश्वास व्यक्त गरे । यस्तो समयमा गोर्खा सैनिकको कथामा अन्तराष्ट्रिय चलचित्र बनाउनु मिलन चाम्सको साहसिक कार्य भएको पनि उनले बताए ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रको निर्माता मिलन आफैं हुन् । जसमा सह निर्मातामा सुरेश राई, पूर्ण लिम्बु रहेका छन् । चलचित्रलाई नेपाल सहित मलेशिया र बेलायतमा छायाँकन गरिने भएको छ ।
यो चलचित्रमा रेविका गुरुङ, बिजय लामा, रियर राई, भुवन सिंह राई, शिषिर वाङदेल, बुद्दी तामाङ, कविता आले, बिरुप घले, सारा राई, मनोज केसी सहितको मुख्य भूमिका रहने छ । रितेस चाम्स नव नायकको रुपमा यो फिल्मबाट प्रस्तुत हुँदैछन् ।
साहसिक गोर्खाली सैनिकको बारेमा चलचित्र निर्माण हुन लागेको र आफु पनि गोर्खा सैनिकको अफिसरको रुपमा यो चलचित्रमा प्रस्तुत हुन पाउँदा खुसी लागेको अभिनेता बिजय लामाले कार्यक्रममा बताए ।
यस्तै नव अभिनेता रितेस चाम्सले निकै तयारीपछि यो चलचित्र मार्फत डेब्यु गर्न लागेको बताउँदै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाए । अभिनेत्री रेविका गुरुङले चलचित्रमा आफुलाई मिलन चाम्सले नै ल्याएको र यो फिल्ममो मुख्य नायिकाको जिम्मेवारी दिँदा झनैे खुसी लागेको बताईन् । हास्य अभिनेता बुद्दी तामाङले आफु होचो कदको भए पनि गोर्खाली सैनिकको रुपमा दर्शकलाई फरक काम देखाउन लालायित भएको छु भने ।
आगामी २०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरीराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदिप बराल डिओपी, हिमाल केसीको द्धन्द्ध निर्देशन रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!