मनिस कुमार दास

बिहिबार, फाल्गुण १३, २०७७ || 546  पटक पढिएको

औषधि व्यवस्था विभाग विराटनगरका एक अधिकृत घुसहित पक्राउ परेका छन् । विभागका फार्मेसी अधिकृत सरोज सुवेदी बिहीबार घुससहित पक्राउ परेका हुन् । अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको विशेष टोलीले अधिकृत २४ वर्षीय सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडिको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरिएको अख्तियार इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले बताएका छन् ।मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका उनी विभागमा करारमा कार्यरत थिए । उनलाई दिउँसो ४ बजेतिर अख्तियारले घुस रकम लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा औषधि पसल सञ्चालन गरेर बसेका एक व्यक्तिसँग उनले दुई लाख रुपैयाँ घुस लिएको बताइएको छ । बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले घुस लिएको अख्तियारको टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!