राम प्रेम यादब

बिहिबार, फाल्गुण १३, २०७७ || 593  पटक पढिएको

समन्वयको अभावमा बजार अनुगमन प्रभाबकारी हुन नसकेको सरोकार वालाहरुले बताएका छन । विराटनगर महानगरपालिकाले बिहिबार आयोजनागरेको सरोकार वालाहरुको छलफलमा यस्तो कुरा आएको हो । विराटनगर महानगरका उप–प्रमुख ईन्दिरा कार्कीले उपभोक्ता ठगिने क्रम रोक्न बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सबै सारोकार वाला निकायको समन्वयमा बजार अनुगमन हुनुपर्नेमा जोड दिनुभयो ।


महानगरका उप–प्रमुख ईन्दिरा कार्कीको अगुवाईमा बसेको छलफलमा वाणीज्य कार्यलय विराटनगरका अधिकृत सन्तोस पोखरेलले बजार अनुगमनलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको ताएका छन ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यलय विराटनगरका अधिकृत राजकुमार रिजालले व्यवसायलाई असर नपर्नेगरी अनुगमन आवश्यक रहेको ताएका छन । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रव खड्काले खाद्य बस्तुको गुणस्तरलाई जाँच गरेर बजार अनुगमन गनुपर्ने आवश्यक रहेको बताए । पब्लीक फोरमका अध्यक्ष उत्तम ढुङगेलले बजार अनुगमन गर्न नगरपालिकाले गरेको अगुवाईको खुलेर प्रशंसा गरे । उनले उप–प्रमुख ईन्दिरा कार्कीलाई धन्यवाद समेत दिए ।


कार्यक्रममा औषधि व्यवस्था विभागका अधिकृत संञ्जीव कट्टेलले औषधि ऐन २०३५ फितलो भएकाले सो क्षेत्रमा बदमास गर्नेहरु सजिलैसंग उम्कीने गरेको गुनासो गरे । कानुन कडा नबनाए उपभोक्ताहरु ठगीमा पर्ने क्रम नरोकीने बताए । कार्यक्रममा विराटनगर ९ का अध्यक्ष विश्वनाथ भगत ,घरेलु उद्योग महासंघका गोपाल काफ्ले , संयुक्तटोल समन्वय समीतीका सभापती राजेस मास्के लगायतको सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!