हिपमत डटकम

बुधबार, फाल्गुण ०५, २०७७ || 745  पटक पढिएको

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन राजधानीमा उद्घाटन गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार एक समारोहबीच महासंघको २६ औं महाधिवेशन उद्घाटन गरेका हुन् । २६ औं महाधिवेशनका लागि महासंघले ‘प्रेस स्वतन्त्रताका आधार: सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने नारा अघि सारेको छ । महाधिवेशनकै क्रममा महासंघले विभिन्न विधाका पुरस्कारसमेत वितरण गरेको छ ।

उद्घाटनसत्रपछि बुधबार नै बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा महासंघका महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुने छ । महासंघको नयाँ विधानअनुसार केन्द्रीय महाधिवेशन सकिएको एक महिनाभित्र महासंघका केन्द्र, प्रदेश र शाखा गरी तीनवटै तहको नयाँ कार्यसमिति चयन गर्नुपर्ने हुन्छ । महासंघका सबै शाखामा एकैदिन नयाँ कार्यसमितिका लागि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!