हिपमत डटकम

बुधबार, फाल्गुण ०५, २०७७ || 621  पटक पढिएको

पपत्याउनै मुश्किल– १० दिन काम गरेको ज्यालामात्रै प्रतिकामदार दुई करोड । यो धन्दा चलिरहेको छ, पशुपतिनाथको शिवलिंगमा जलहरी जडान गर्दा ।

लाखबत्ती बाल्न पुगेको बेला प्रधानमन्त्रीले सुनको जलहरी जडान गर्न ३० करोड रुपैयाँ दिने भनेबमोजिमको रकम निकासा अन्तिम चरणमा छ । उक्त रकम आउने सुनिश्चित भएपछि पशुपति क्षेत्र विकास कोषले खर्च गर्ने ५० करोडमध्येबाट ६४ केजी ३ सय ग्राम सुन खरिद भएको छ । राष्ट्रबैंकबाट किनिएको उक्त सुनलाई गत बिहीबार गाल्ने काम भइसकेको छ । सुन गालेर बनाइएको पातालाई उसै दिन पाटन औद्योगिक क्षेत्र लगिएको छ । पशुपतिमा भने रुद्र गार्डेश्वरको प्रांगण, बासुकी मन्दिरभन्दा माथि, कैलाशभन्दा मुनि बनाइएको टहरामा सेफ बनाएर सुन राखिएको छ । सम्पूर्ण काम नसकिउञ्जेलका लागि ती सुन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । सैनिक घेरापछि सशस्त्र प्रहरीले सुरक्षा प्रबन्ध मिलाएको छ । ती सुन राख्दा र निकाल्दा पनि मुचुल्का गर्नुपर्ने नियम छ । पहिला काठको, पछि तामाको फर्मा बनाएर काम थालिएको छ ।

सुन खरिद, सरकारी कोषको रकम निकासाजस्ता कुरामा अनियमितता भएको त छैन । तर, ज्यालाका लागि जुटाइएका चन्दादाता अझै गोप्य राखिनुलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । त्यसमाथि एउटा कालिगढलाई १० दिन काम गरेको ज्याला दुई करोड भनिएको छ । चारजना कालिगढ यो काममा खटिएका छन् । कोषका पदाधिकारीहरू नै भन्छन्, ‘त्यत्रो रकम त कुनै पनि कामको ज्यालामा लाग्दैन ।’

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!