हिपमत डटकम

सोमबार, फाल्गुण ०३, २०७७ || 619  पटक पढिएको

सरकारले भौतिक पूर्वाधारका साथै मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १७ गते राजधानीमा आयाजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने उद्घोष गरेका थिए ।

भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । विदेशी भू–उपग्रहको प्रयोग मुलुकको राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो ।

भू–उपग्रह स्थापनाका लागि सरकारले भू–उपग्रह नीति, २०७७ समेत ल्याइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!