हिपमत डटकम

शनिबार, फाल्गुण ०१, २०७७ || 602  पटक पढिएको

काठमाडौँ । सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिएको छ । ती प्रस्तावित छ औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै औद्योगिक क्षेत्र व्यव‚थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर ब‚नेतले भने, “शिलान्यास गर्नुभन्दा अघिका सबै तयारी सकिए ।

कञ्चनपुरको दैजीछेला (सुदरपश्चिम), बाँकेको नौबस्ता र रुपन्देहीको मोतीपुर (लुम्बिनी), चितवनको शक्तिखोर र मकवानपुरको मयूरधाप (बागमती) तथा झापाको दमक (प्रदेश १) औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७२ चैतमा निर्णय गरेको थियो । हरेक प्रदेशमा औद्योगिक क्षेत्र ‚थापना गर्ने नीतिअनुसार सरकारले १५ नयाँ औद्योगिक क्षेत्र प्रस्ताव गरेको छ ।

तीमध्ये सरकारले नयाँ छवटा औद्योगिक क्षेत्र घोषणा गरी निर्माण अगाडि बढाएको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र ‚थापना गर्न बजेट विनियोजन गरिएको छ । यी प्रस्तावित छ वटा औद्योगिक क्षेत्रको निर्माण पाँच वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!