रंगेली । नेपाली काग्रेसकी नेतृ एव पुर्व उपप्रधानमन्त्री सुजता कोइरालाले सर्वोच्च अदालतले जनताको भावना र देशको हितलाई सोचेर निर्णय गर्ने विश्वास व्यतm गर्नुभएको छ । मोरङको क्षेत्र नं.२ सुनवर्षि स्थित विपी सेवा केन्द्रमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा नेतृ कोइरालाले अदालत स्वतन्त्र निकाय भएको र उसले गरेको निर्णय सामना गर्न नेपाली काग्रेस तयार रहेको बताउनुभयो । उहाले – हिजो हामीले अदालतको सबै निर्णयहरु मान्दै आएका छौ ”तर अहिले जनता के चाहान्छन् उनिहरुको भावना र चाहाना के छ, र के गर्दा देशलाई हित हुन्छ, कमजोर हुदैन भनेर सोचेर निर्णय गर्ने आशा व्यतm गर्नुभयो । नेतृ कोइरालाले जनता ल्याएको संघियता कसैले विर्गान चाहेरपनि नबिग्रिने बताईन् । उहाले अहिलेको संविधान सबैभन्दा राम्रो भएको र केही क्रुटीहरु रहेता पनि थप्न र हटाउन सकिने भएकाले अहिले नेकपा भित्रको लडाईले संसद विगठन गरेर संविधान मिचिएको बताईन् । नेतृ कोइरालाले नेकपा भित्र पदको लोभ लालचले कुकुर विरालो जस्तो लडाई गरेर देशमा अशान्ती मच्चाएर तहस नहस गरेको आरोप लगाउनु । “अब नेपाली काग्रेसको काधमा जिम्मेवारी आएको छ, काग्रेसले देशको नेतृत्व गर्छ । साथै नेतृ कोइरालाले आगामी अधिवेशन बाट काग्रेसमा नया नेतृत्व आउने र नया उमङ्ग साथ काग्रेस अगाडी बढ्ने बताईन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!