हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 537  पटक पढिएको

पौडी खेल्ने क्रममा डुबेर अष्ट्रेलियाको ब्रीजबेन नजिक सनसाइनकोष्टमा पर्वत घर भएका एक नेपाली युवाको ज्यान गएको छ।

गैरआवासीय नेपाली संघ कुइन्सल्याण्डका अनुसार डिपेन्डेण्ट भिसामा रहेका ४० वर्षिय युवाको पौडी खेल्ने क्रममा पट मलेनीस्थित गार्डेनर्स झरनाको तलाउमा मंगलबार साँझ डुबेर मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार पौडी खेलेपछि नजिकैको ढुंगामा बसिरहेका ती पुरूष केही बेरपछि पानीमा खसेर बेपत्ता भएका थिए।

मंगलबार साँझ ५ बजेतिर बेपत्ता ती पुरूषको शव साँझ ८ बजेतिर करिब ६ मिटर तल तलाउबाट प्रहरीले निकालेको थियो। मृतक आफ्ना चार जना साथीसँगै झरनामा पुगेका थिए।

मृतकको पोष्टमार्टम गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ। ती पुरूष १८ महिनाअघि मात्रै डीपेन्डेन्डका रुपमा अष्ट्रेलिया आएका थिए।

घटनाबारे जानकारी पाएपछि परिवारलाई सहयोग गर्न पहल गरिरहेको एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काले जानकारी दिए।

अष्ट्रेलियाको उखरमाउलो गर्मी छल्न पौडी खेल्ने क्रममा नेपालीको ज्यान जाने क्रम बढ्न थालेको छ। पछिल्लो वर्ष मात्र पानीमा डुबेर मर्नेको संख्या आधा दर्जनभन्दा बढी रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!