हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 457  पटक पढिएको

सप्तरीमा तीन जना चढेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार बिहान करिब साढे ७ बजे कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका-३ सखरपुरका ३० वर्षीय शिवकुमार मुखिया छन्।

उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

उनका अनुसार मोटरसाइकल पछाडि सवार २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय रामअवतार खङ घाइते छन्। उनीहरूको गोल्डेन अस्पतालमै उपचार भइरहेको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर कोसी नहरको बाटो उत्तरमा बिग्रे राखेको रोलरमा दुर्घटना भएको थियो।

मृतकको शव पोस्टमार्टमको लागि कोसी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!