हिपमत डटकम

मंगलबार, माघ १३, २०७७ || 665  पटक पढिएको

प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गतेलाई निर्वाचको मिति घोषणा गरेको सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गर्न लागेको छ । भोलि बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले एक दर्जन बढी सचिवको जिम्मेवारी हेरफेर गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

निर्वाचन घोषणा भैसकेको अवस्थामा गृहमन्त्रालय र निर्वाचन आयोगको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले यी दुई अड्डामा कसले इन्ट्री मार्ला भन्ने धेरैको चासो छ । स्रोतका अनुसार गृह मन्त्रालयमा एकनारायण अर्याल र निर्वाचन आयोगमा सुरेश अधिकारीको सम्भावना छ ।
संघीय मामिला तथा सामान्य मन्त्रालयको सचिव रहेका अर्याललाई कलकत्ताको महावाणिज्यदूत, काठमाण्डौ महानगरपालिकाको कार्यकारी अधिकृत हुँदै गत असोजमा मात्र दुई दिनलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको थियो । सामान्यमा पुगेको चार महिना नपुग्दै उनलाई गृहमा लैजाने तयारी गरिएको बताइन्छ ।

यता,प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासंगै सञ्चार र सामान्य प्रशासन मन्त्रालयमा काम गरेका अधिकारी हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छन् । थपलियाकै रुचिअनुसार उनलाई निर्वाचन आयोगमा लैजाने तयारी गरिएको स्रोतले बतायो ।

अख्तियारमा भने राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल र श्रम मन्त्रालयका तोयम रायमध्ये एक जनाको सम्भावना रहेको बताइन्छ ।

त्यस्तै,एक वर्ष कार्यकाल पूरा गर्ने गृहका महेश्वर न्यौपाने,निर्वाचन आयोगकी देवकुमारी गुरागाई, राष्ट्रिय योजना आयोगका केवल भण्डारी,प्रधानमन्त्री कार्यालयका महेन्द्र गुरागाई र तिर्थराज ढकाल पनि सरुवाको सूचीमा रहेको उक्त स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!