मोरङ चेम्वर अफ कमर्श विराटनगरले श्री सरस्वती आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । मोरङको अति विकट क्षेत्र पुरानो सिंहदेवी (चिसापनी) हाल केरावारी गाउँपालिका २ मा रहेको सो विद्यालयका ५७ जना विद्यार्थीहरुलाई ट्राउजर, ज्याकेट, स्कुल ब्याग, कापी, कलम, पेन्सिल, कटर–इरेजर सहित चाउचाउ र विस्कुट वितरण गरेको छ ।


मोरङ चेम्बर अफ कमर्शका सदस्य एवं न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण उप–समितिका संयोजक देवेन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा सो संस्थाका अध्यक्ष सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्यमा न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरिएको हो ।  कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेन्द्र गोल्छा, महा–सचिव कृष्णप्रसाद दहाल, कोषध्यक्ष मनोज कुमार मिश्र, सदस्य दिपबहादुर खापुङ, रामअवतार अग्रवाल, जुगलकिशोर राठी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र प्रसाद जमरकट्टेल, प्रधानाध्यापक मोहन बहादुर अधिकारी सहितको उपस्थिती थियो । शिक्षिका लक्ष्मी मैया शाहीले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उपदेयता तथा विद्यालयको अवस्था बारे प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!