बलिउडका चर्चित लेखक जावेद अख्तर आफ्नो बयानका लागि चिनिन्छन् । उनी सोसल मिडियामा पनि मानिसहरुलाई भिन्न भिन्न मौकामा जवाफ दिइरहन्छन् । उनको यस्तै दृष्टिकोण बच्चाका लागि पनि छ । उनका अनुसार उनका बच्चा अब हुर्किसकेका छन् र उनीहरुलाई आफ्नो गोपनियताको पूरा अधिकार छ । उनी आफ्ना बच्चालाई कहिले पनि उनीहरुको नीजि कुरा सोध्दैनन् ।

आफ्नो जन्मदिनको मौकामा जावेद अख्तरले भने, ‘जब मानिसहरु मलाई जन्मदिनमा केक काट्न भन्छन् तब मलाई थोरै अचम्म लाग्छ किनभने अब म बच्चा होइन । जन्मदिन एउटा उत्सव हो, माया छ भने साथीहरु आउँछन् । यदि तपाईंको जन्म एक राम्रो परिवामा भएको छ र जहाँ अभिभावकले जन्मदिन मनाउँछन् भने तपाईंले केही भिन्न महसुस गर्नुहुन्छ । तर हामीले त यस्तो देखेका छैनौं । गरिब बच्चा आफ्नो जन्मदिन मनाउँदैनन् तर मैले पनि हुर्किएपछि यस्तो गर्न छोडेँ ।

छोराको विवाहबारे के भन्छन् जावेद ?

तीन वर्षको सम्बन्धपछि फरहान अख्तर आफ्नी प्रेमिका शिबानी दांडेकरसँग विवाह गर्ने हल्ला एक वर्ष अघि देखि चलिरहेको थियो । यो प्रश्नमा जावेद अख्तर भन्छन्, ‘मेरो मान्यता यो छ कि जब बच्चा ठूला हुन्छन् जब उनीहरुसँग निजताको अधिकार हुन्छ । यस्तोमा उनीहरुलाई नीजि प्रश्न सोध्नु सही होइन ।’

सोध्नुहुन्नँः

अख्तर भन्छन्, ‘यदि बच्चाहरु आफ्नो नीजि कुरा बताउन चाहन्छन् भने तपाईंले ध्यान दिएर सुन्नुपर्छ, तर कहिले पनि अनुसन्धान वा सोधपुछ गर्नु हुँदैन । यदि मेरा बच्चा आफ्ना नीजि कुरा मसँग सेयर गर्न चाहँदैनन् भने मलाई खुसी हुनेछ तर म कहिले उनीहरुको नीजि जीवनबारे सोधपुछ गर्दिनँ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!