हिपमत डटकम

शनिबार, माघ ०३, २०७७ || 744  पटक पढिएको

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले बताए ।

गत सोमबार बालिका बलात्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो ।

बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार अपराधमा संलग्न बालवालिकालाई नियन्त्रणमा लिएपछि प्रहरीको हिरासतमा राख्न पाइँदैन । बालबालिकालाई निगरानी कक्षमा राखेर बालमनोविज्ञको परामर्श दिनुपर्छ । निगरानी कक्षमा राखुन्जेल हत्कडी लगाउन नपाइने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!