हिपमत डटकम

शनिबार, माघ ०३, २०७७ || 843  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा सम्प्रेषण भएको समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा पनि कुरा उठाइयो।

सर्वोच्च अदालतमा बहस सकिँदै गर्दा आफूले रिट निवेदकका तर्फबाट केही कुरा राख्ने सांसद शशी श्रेष्ठले बताइन्। उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेरिरहेका केही न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेट गरेको तथ्य सञ्चारमाध्यममार्फत बाहिर आएको बताइन्। ‘

तर सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गर्दै ‘संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटे’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनायो। विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने मनसाय राखी सत्य, तथ्य, यथार्थ बुझ्दैनबुझी समाचार बनाएको भन्दै आपत्ति जनाइएको छ। आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!