हिपमत डटकम

शुक्रबार, माघ ०२, २०७७ || 780  पटक पढिएको

। चिसो बढ्दै जाँदा बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोको कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको छ । सो क्षेत्रमा सञ्चालित विद्यालयको पठनपाठन बन्द गरिएको छ ।दिउँसोको समयमा चियो हावा चल्ने र विहान, साँझ र राती बढी चिसो हुँदा स्थानीवासीलाई घर बाहिरको काम गर्न पनि कठिन भएको ज्योति विकास आधारभूत विद्यालयका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो ।

चिसो बढ्दै गए पछि वर्षाको समय खेतीपाती, भेडा च्यांग्रा तथा भाईभैसी लिएर लेक गएका स्थानीय बेसी बोङगादोभान, बोवाङ झरेका छन् । अधिकारीचौरमा सञ्चालित विद्यालय हिउँ पर्ने समयमा हरेक वर्ष ४५ दिन बन्द हुन्छ । यसपालि पनि फाल्गुन २ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानध्यापक अदैको भनाइ छ ।

यसपाली ढोरपाटन क्षेत्रमा हिमात भएको छैन । ‘यस पटक विगतमा जस्तो चिसो छैन’ उहाँले भन्नुभयो–‘बिहान र बेलुकी चाहिँ कठिन छ । बिहानको तुसारोले खोला र धाराको पानी जम्ने गरेको उहाँले बताउनुभयो ।
‘पानी जमेर धाराबाट आउँदैन’ उहाँले भन्नुभयो–‘तातो पानी खनाएपछि मात्र पानी बनेर बग्ने हो ।’

खोलामा जमेपछि ढोरपाटन शिकार आरक्षमा कार्यरत कर्मचारी, नेपाली सेना स्थानीयवासी जमेको खोलामा फोटो लिन पुग्ने गरेका छन् । बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!