हिपमत डटकम

शुक्रबार, माघ ०२, २०७७ || 436  पटक पढिएको

भक्तपुरमा एक व्यक्तिको शव फेला परेको छ ।

भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ पलासेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर भएका ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीका अनुसार बिहीबार राति ८ बजेतिर सुर्यविनायक पलासेस्थित गणेश बाल विकास स्कुल नजिकैको खोल्सामा घोप्टो परेको अवस्थामा श्रेष्ठको शव फेला परेको हो ।

मृतक दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने गरेको डिएसपी गिरीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रेष्ठले दिउँसो काम गरेर फर्कदाँ मादक पदार्थ सेवन गरेको र आफैँ खोल्सामा लडि मृत्यु भएको देखाएको छ ।

घटनाको थप अनुसन्धान गर्न पोष्टमार्टको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको डिएसपी गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!