हिपमत डटकम

शुक्रबार, माघ ०२, २०७७ || 487  पटक पढिएको

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आयोजना हुने पालिकास्तरीय विरोध र्याली र सभामा सहभागी हुन नेपाली काँग्रेस ललितपुर महानगर समितिले आग्रह गरेको छ । काँग्रेस केन्द्रीय समितिले माघ ३ गते देशभरका ७ सय ५३ वटै पालिकामा संसद विघटनविरुद्ध विरोध र्याली तथा विरोध सभा गर्ने भएको छ । उक्त कार्यक्रममा पार्टीका संगठित सदस्य,भातृ संगठन,शुभेच्छुक संगठनका सदस्यलगायतलाई अनिवार्य सहभागी हुन काँग्रेसले अपिल गरेको हो ।

‘केन्द्रीय समितिको निर्णय र निर्देशनमा देशैभरका ७ सय ५३ पालिकाहरूमा शान्तिपूर्ण विरोध र्याली तथा सभा आयोजना गर्ने हुँदा त्यस इकाईअन्तर्गत सम्पूर्ण क्रियाशील सदस्यहरू,भातृ संगठनका सदस्यहरू,शुभेच्छुक संस्थाका सदस्यहरू र पार्टीप्रति आस्था राख्नुहुने महानुभावहरूलाई शनिबार सहभागिता जनाउन सक्रिय पहलका लागि अनुरोध गर्दछौँ’,काँग्रेसले भनेको छ ।

काँग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई अधिनायकवादी,सर्वसत्तावादी,निरङ्कुश र स्वेच्छाचारी चरित्र भन्दै देशव्यापी आन्दोलन गरिरहेको छ । उसले यसअघि नै प्रदेश निर्वाचन क्षेत्र हुँदै वडा तहसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!