दाङको तुलसीपुरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा श्रीमान–श्रीमतीसहित तीन जना घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ वनकट्टा निवासी ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ वर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका हुन् । घटनामा परि १३ वर्षीय सिजन खड्कापनि घाइते भएका छन्।घाइते वलीका श्रीमान–श्रीमतीलाई बिहीवार दिउँसो दूई बजेतिर तुलसीपुरबाट हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ ।

१३ वर्षीय बालक खड्का भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक भलक शर्माका अनुसार वलीले आफूले पालेको ५ दिने ५ सय चल्लालाई न्यानो बनाउनका लागि बालेको ग्यास सिलिण्डर बिस्फोट हुँदो आगलागी भएपछि वली दम्पतिसहित तीन जना घाइते भएका हुन् ।

‘जाडोले चल्ला नमरुन भनेर कोठा न्यानो बनाउन भनेर वलीले ग्यास सिलिण्डर बाल्नु भएको रहेछ,’ शर्माले भने ‘ तर, त्यही ग्यास सिलिण्डर बिस्फोट भइ आगो लाग्दा उक्त घटना भएको रहेछ ।’ ग्यास सिलिण्डर रातभर बालेपछि धेरै तातेर बिस्फोट भएको अनुमान प्रहरीले गरेको छ ।

आगलागीबाट गोठ पुरै जलेको तथा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । गोठमा राखेको दश बोरा दाना, ५ दिनका सबै ५ सय चल्लापनि जलेर नष्ट भएको प्रहरीले बताएको छ । बिहीवार बिहान ६ बजेतिर भएको आगलागीबाट ४ लाख बढी क्षति भएको अनुमान गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!