नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव नभए प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा बस्नै नसक्ने बनाइदिने चेतावनी दिएका छन् । उनले अदालतले संसद पुनःस्थापना नगरेमा वैशाखमा चुनावको विकल्प नभएको बताए ।

वैशाखमा चुनाव गराउन नसके ओलीलाई देशमै बस्न नसक्ने गरी काँग्रेसले धक्का दिन्छ, पर्वतमा शहीद हरिदत्त तिवारीको १८ औं स्मृति सभामा सहभागी हुन पुगेका देउवाले भने । उनले अदालतको फैसला पर्खेको र त्यसपछि काँग्रेसले थप निर्णय लिने बताए ।

अदालतलाई बहालवाला प्रधानमन्त्रीले निर्देशन नमिल्ने देउवाको भनाई थियो । उनले अदालतलाई नधम्क्याउन चेतावनी दिए । संविधानको व्याख्या अदालतले गर्ने, विज्ञ र वकिलहरुले त्यसबारे बहस गर्ने भन्दै प्रभावित नपार्न आग्रह गरे ।

विगतमा ओलीलाई भोट दिएर जिताउनेहरु अहिले पछुताइरहेको देउवाको टिप्पणी थियो । उनले भने, अहिले ओलीलाई बदमान भन्ने भए किन भोट दिएको ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!