हिपमत डटकम

शुक्रबार, पौष २४, २०७७ || 653  पटक पढिएको

रात्रिको आकाशमा खगोलीय पिण्डहरुको गतिविधि हेर्दै रमाउनेहरुका लागि सन २०२० को वर्ष महत्वपूर्ण रहेको थियो। अनेको खगोलीय गतिविधि का साथै २०२० मा भएको बृहस्पति ग्रह र शनि ग्रहको निकटता ( ग्रेट कन्जक्शन ) ले बड़ो चर्चा पाएको थियो।

चलिरहेको नववर्ष २०२१ पनि यस्तै अनुपम खगोलीय घटनाले परिपूर्ण रहने भएको छ। यस क्रममा नववर्षको प्रारम्भमै आज ८ जनवरीमा तीनवटा ग्रहको अद्भुत संयोग हुन गइरहेको छ। आजको सन्ध्याकालीन आकाशमा बृहस्पति, शनि र बुध ग्रहको त्रिकोण देखिने भएको छ।

गत वर्ष २१ दिसम्बरमा नजिक आएका बृहस्पति र शनि ग्रह हुन त अहिले एक अर्काबाट टाढा पुगिसकेका छन। टाढा हुँदै गई रहेका यी दुबै ग्रहसंग बुध ग्रहको सामीप्यताले आकाशमा मनोहारी दृश्यावली बन्न गइरहेको छ।

आज देखि जनवरी ११ तारीखसम्म आकाशमा यी तीनवटै ग्रहले त्रिकोण बनाउने छन्। हुन त ११ जनवरीमा बन्ने त्रिकोण त्यति प्रष्ट हुँदैन। आज ८ जनवरीमा भने यो त्रिकोण स्पष्ट देखिने छ। ९ र १० जनवरीमा पनि तीन वटै ग्रहको संयोग देखिने छ। मौसम साफा रहे आजको सन्ध्याकालीन आकाशमा तीन वटा ग्रहले बनाउने त्रिकोण हेर्न नबिर्सनु होला।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!