देवेनरा परिवार विराटनगरले धनकुटका ६९ जना विद्यार्थीलाई न्यानो कपडा बाँडेका छन् । धनकुटाको भीरगाउँ स्तिथ धर्मोदय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई सो कपडा वितरण गरेका हुन् । वीपी कोइराला सोसिलिस्ट इन्टरनेश्नल नेपाल र केयर वोमन नेपालको पहलमा सो कपडा वितरण गरिएको हो ।

बुधवार विद्यालयको प्राङ्गणमा प्रधानाध्यापक ठगेन्द्र प्रसाद गुरागाँइ, संस्थाकी अध्यक्षा इन्दिरा थापा तथा समाजसेवी द्रोणप्रसाद गुरागाईँ सहितको उपस्थितीमा सुइटर, टोपी सहितको न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्षा थापाले विभिन्न कार्यक्रमहरुको आयोजना तथा अन्य सेवा सुविधाको व्यवस्था गरी विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न आफु सधै तयार रहने प्रतिबद्धता व्यक्त गरे साथै देबेनारा परिवार बिराटनगरले गरेको यो सामाजिक कार्यको खुलेर तरैफा समेत गरे । त्यस्तौ समाजसेवी द्रोणप्रसाद गुरागाँईले विद्यार्थीहरुमा पढाई प्रति थप हौसला प्रदान गर्न यस्ता सहयोगहरुको अवश्यकता रहेको धारण राखे । कार्यक्रममा आफ्नो अभिव्यक्ति राख्दै प्रधानाध्यापक ठगेन्द्र गुरागाँईले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि तथा भौतिक पूर्वाधार विकासको लागि समेत सहयोग गर्न सहयोगी संस्थाहरु संग आग्रह गरेका छन् ।

देवेनरा परिवार विराटनगरले हरेक बर्ष गरिब तथा असाहाय व्यक्तिहरुलाई जाडो समयमा न्यानो कपडा वितरण गर्दै आईरहेको छ। परिवारले हिपमत अर्थात हिमाल ,पहाड ,मधेश ,तराई सबै स्थानमा नेपालभरि नै सहयोगको कार्यक्रमहरु गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!