
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त भएको बताएका छन् । काँग्रेसले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध देशभरिको १६५ वटा संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गरेका थियो ।

उक्त प्रदर्शनले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त गरेको देउवा भनाइ छ । उक्त प्रदर्शन व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी सबैलाई बधाई तथा आभार प्रकट गरे । ‘प्रदर्शनमा सहभागी सबै दिदीबहिनी—दाजुभाइमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गर्दछु । प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने संघीय क्षेत्रीय कार्यसमितिका साथीहरू संगै पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।