मोरङ । नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डीगबहादुर लिम्बूले आगामि निर्वाचनमा नेपाली कांंग्रेसले बहुमत ल्याएर सत्ता समाल्ने बताएका छन् । लेटाङमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ ले पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध आयोजना गरेको बिरोध सभामा नेता लिम्बूले सो कुरा बताएका हुन् । नेता लिम्बूले कांग्रेस जनताको पीरमर्कामा सधैं साथमा रहेको बताउदैं कम्युनिष्ट सरकारले जनताले दिएको स्पष्ट बहुमतलाई कुल्चिएको सत्ता र सम्पत्ति मोहमा फसेको आरोप लगाए ।
केपी ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति उनले आपत्ति जनाए ।
केपी ओली नेतृत्वको सरकार नारामा मात्रै राष्ट्रवादी भएको उनको भनाई थियो । देशको सारा सिमाना मिचिएर कालापानी लिम्पियाधुरामा भारतिय सेना बस्दै गर्दा सरकार केहि पनि बोल्न नसकेको नेता लिम्बूको आरोप थियो । ‘राष्ट्रबादी नाराले चुनाब जितेका केपी ओली सरकार चु बोल्न सकेको छैन, नारामा मात्र राष्ट्रवादी कुरा गरेर राष्ट्रवादी भईदैन, उनले भने, काम गरेर देखाउनु पर्यो नि ।
आफुलाई संविधान सभा निर्वाचनमा बिजय गराएर संविधान घोषणा गर्ने अभिभारामा पुरा गरेको बताउदैं नेता लिम्बलेू कम्युनिष्टहरुले जनतामाझ झुटा खेती मात्र गरेको बताए । ‘अब झुटा सपनाको पछि लाग्ने दिन गयो , नेता लिम्बूले भने , अब आफ्नो हक अधिकारका लागि लोकतन्त्रबादी प्रजातन्त्रबादी एक हुने बेला आएको छ । अनि मात्र हाम्रो अधिकार र आवश्यकता परिपुर्ति हुन्छन्, युवाहरुलाई यहि रोजगारको अबसर सिर्जना गर्न सकिनेछ ।
मोरङ क्षेत्र नम्बर १ का सभापति खड्ग फागोले कम्युनिष्ट सरकारलाई देशको समृद्धिको लागि जनताले दिएको बहुमत लोपलालचमा परेर आफ्नो स्वार्थपुर्ति गर्न प्रयोग गरेको बताए । कम्युनिष्टहरुले जनताको भबिष्य र देशलाई नै डामाडोल बनाएको फागोले आरोप लगाए । आँखा चिम्लिएर हेर्नेहरुले कम्युनिष्ट पार्टीलाई अझै पनि गौरवशाली पार्टी भएको भनेर गौरव गर्ने गरेको भन्दै उनले ब्यङ्ग गरे ।
देशमा महरा काण्ड,गोकुल बास्कोटा काण्ड, लतिता निवास प्रकरण काण्ड,बालुटार काण्ड, निर्मला हत्याकाण्ड लगायत काण्डै काण्डमा कम्युनिष्टहरु मुसिएर भष्ट्रचारी बलात्कारीहरुको संरक्षण हुँदा पनि आँखा चिम्लिनेहरु बुद्धुहरु भएको बताउदंैं उनीहरुलार्ई आँखा खोल्न फागोले चेतवानी दिए ।

कार्यक्रममा माहासमिति सदस्य ललित अधिकारी, नेपाल महिला संघकी केन्द्रिय सदस्य शोभा चेम्जोङ पालुङ्वा, नेपाली कांग्रेस मोरङ जिल्ला सह—सचिब रोहित कार्की, तरुण दल मोरङ १ का सभापति देवराज चाम्लिङ, लेटाङ नगरपालिकाका मेयर शंकर राई लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!