हिपमत डटकम

सोमबार, पौष १३, २०७७ || 731  पटक पढिएको

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ ।
चिनियाँ टोली नेपाल आएलगत्तै उच्चस्तरीय भेटवार्तामा लागेको हो ।

सो टोलीले बिहान नौ बजेदेखि साढे दश (डेढ घण्टा) बजेसम्म पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो । प्रचण्डसँगको भेटपछि चिनियाँ टोलीले नेपाललाई भेटेको हो । नेपाल र चिनियाँ टोलीबीच बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो । यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी,बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । त्यसैगरी प्रचण्डलाई भेट्न उनकै खुमलटार पुगेको टोली लगत्तै बानेश्वरस्थित एभरेष्ट होटल पुगेको थियो ।

नेकपामा विवाद संसद विघटनपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो ।
आइतबार काठमाडौं उत्रिएलगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!