
जीवनको पिड़ादायी निर्णय
“सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवान हरू बर्षौ देखी अहोरात्र खटे । कसैले काठ काटे , कसैले ढूँगा जुटाए , कसैले इट्टा बनाए , कसैले रड सीमेण्टको जोहो गरे ,कतीले कर्मी कामको तालीम लिए ,कतीले सेनिटरी सामान ल्याए । सबै सामान एक ठाऊमा जम्मा भयो प्राविधिक ईस्टमेट गरियो सबै सामान बाट एउटै घर बनाए कम्पाउंड वाल सहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो । सबै सामाग्री एउटै घरको लागी लगाउने निर्णय भयो । सोचे जस्तै कंपाउंड वाल सहितको घर निर्माण भयो । सबै अगुवा हरूले आ(आफ्नो कोठा लिए । श्रमिक हरूको थाक थलोको टुंगो लागदै थियो ।

कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ़्नो भन्दा तिम्रो राम्रो र सुबिधा सम्पन्न रेछ साटफेर गर्नु पर्यो भन्ने बीबाद शुरू भयो सबै आ(आफ़्ना अडानमा डग्मगाएनन । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिज़ा जगको ढूँगा निकाले । हेर्दा हेरदै घर गर्लम्म ढल्यो । अब फेरी नया अलग अलग घर बनाउन लड़ेका घरका काम लाग्ने सामान क़सक़सले जम्मा गरेको हो आआफ्नो पट्टी थूप्रो लगाउने होड़ शुरू भएको छ । त्यो तानातानमा अझै कती सामान नस्ट हुने हुन कुनै ठेगान छैन । मन दुखेको छ , अहिले सम्मको दुःख समाप्त भएको छ । फेरी अर्कों घर निर्माण गर्न मनले कत्ती पनी मानी रहेको छैन । घर नबनाए ओडारको बास हुने क़ुरा राम्ररी बुझेको छु ।
तर मन बरू तेसै गर्न घर लडेकै दिन देखी तयार थियो । आज सम्म मनलाइ अन्तिम निर्णय लीने मौक़ा दिए । अन्तिम पटक पनी मनले भन्यो बरू ओडारमा बस । फेरी पनी गल सुरक्षित छन तेरो श्रमको सुरक्षित हुने कुनै ज्ञारेन्टी छैन । जब मन नै अगाड़ी लागदैन भने तनमात्र लिएर हिडनु मन हुनेकालागी पनी घातक हुन्छ । नया घर बनाउने जिम्मा नया पुस्ताको काधमा छाड्दई यो अभियान बाट अलग रहने निर्णय गरे । आफ़्ना सहयात्रीहरू संग नाई रहुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुने छु । यस विषयमा सम्मझाऊने क़ुरा गरेर समयको बर्बादी नगरी आ(आफ्नो योजनामा लाग्नु होला । राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबै प्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ ।यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।
यो कुनै कथा होइन, नेकपमा धादिङका अध्यक्ष नेत्र पौडेलको भावनात्मक अभिव्यक्ति हो । आफ्नै पार्टीको राजनीतिक कलहले गर्दा विरक्तिएको मनको व्यथा हो । म नै सर्वेसर्वारुपी अहंकारी अभिभावकको करतुतबाट विरक्तिएका पौडेल राजनीति नै छाड्ने घोषणा गरेका छन् ।
आइतवार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो पीडा सार्वजनिक गर्दै राजनीति नै छोड्ने घोषणा गरेका छन् ।