हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 679  पटक पढिएको

ओखलढुंगाको मानेभज्याङ गाउँपालिकाले ओडारमा ओडारमा बस्न एक महिलालाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाको वडा नम्बर ७ मा ढुंगाको ओडारभित्र बस्दै आएकी स्थानीय प्रेम कुमारी माझीलाई घर निर्माण गरी हस्तान्तरण गरेको हो ।

ती महिला ओडारभित्र बस्दै आएको जानकारीपछि गत आर्थिक वर्षमा बजेट नै छुट्याएर घर निर्माण गरिदिएको गाउँपालिकाका उपाध्यक्ष सबिता राईले बताइन् ।
स्थानीय सामाजिक परिचालिका डम्बर कुमारी गौतमले उनको अवस्थाबारे गाउँपालिकालाई खबर गरेकी थिइन् । त्यसलगत्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सहितको टोली खाद्यन्न सहित उनलाई भेट्न पुगेका हुन् । भेटमा ती महिलाले गरिबीका कारण आफू ओडारमा बस्नु परेको गुनासो गरेपछि गाउँपालिकाले घर निर्माण गरिदिने निर्णय गरेको थियो ।

ती महिला करिब चार वर्षदेखि ओडारमा बस्दै आएकी थिइन् । उनलाई गत आर्थिक वर्षमा गाउँपालिकाले रु २ लाख रुपैयाँ बजेट विनियोजन गरेर घर निर्माण गरिदिएकोे हो । उक्त घर यसअघि नै निमार्ण भैसक्नुपर्ने भएपनि कोरोना भाइरसका कारण ढिलाइ भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!