हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 701  पटक पढिएको

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले विपद्मा परेका घरपरिवारलाई सहयोग रकम वितरण गरेको छ । यो वर्षमा विपद्का कारण समस्या खेप्दै आएका त्यहाँका ११ घरपरिवारलाई राहतस्वरुप चेक प्रदान गरिएको हो ।

चेक प्रदान गर्नेमा वडा नं १ विन्दुमाया तामाङ, वडा नं ४ का मिञ्जु विक, सन्तोष चिमोरिया, नवराज चिमोरिया, केही महिना अगाडि बाढीपहिरोले घरमा क्षति भएकामा रु १० हजारका दरले चेक वितरण गरेको छ । वडा नं ४ कै बेनीप्रसाद काफ्लेको गोठमा रहेको भैँसी विद्युत् चुहावट भएर करेन्ट लागेर मरेकामा उनलाई राहतस्वरुप रु सात हजारको चेक हस्तान्तरण गरिएको हो ।

त्यस्तै विद्युत् चुहावट भई घर जलेर नष्ट भएका वडा नं ६ का कोपिला केसी, वडा नं ७ का कल्याणकान्त न्यौपाने, वडा नं ८ का कृष्णराम श्रेष्ठ, वडा नं १० का राधा नेपाली र हरिप्रसाद पाठक, अम्बरबहादुर दमाईलगायतलाई राहतस्वरुप चेक वितरण गरियो । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले विभिन्न कारणले भौतिक र पशुधन क्षति भएका नगरवासीलाई नगरपालिकाले यही वर्षदेखि कार्यविधि निर्माण गरी विपद्मा परेका पीडित परिवारलाई आर्थिक सहयोगको चेक हस्तान्तरणको अभियान शुरु रिएको बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!