
गत मंसिर २७ गते मधेश आन्दोलनको उदगम स्थल सिरहा जिल्लाको लहानमा हजारौंको संख्यामा जनता सडकमा ओराली विशाल शक्ति प्रदर्शन गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले फेरि पुस ११ गते शनिबार सिरहाको मिर्चैयामा विशाल शक्ति प्रदर्शन गर्दैछ ।

“राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन २०७७” को उदघोष गरेका जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक एवं अध्यक्ष डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज एक प्रेस वक्तव्य जारी गर्दै उक्त कुरा जनाउनु भएको छ ।
प्रेस वक्तव्यमा भनिएको छ कि,सिरहा जिल्लाको मिर्चैया नपा मा गत ७ गते मंगल बार “जनतान्त्रिक तराई मुक्ति मोर्चा” एवं “राष्ट्र बचाउ अभियान” को मिर्चैया नगर जनपरिचालन समितिको बैठक मोर्चा एवं अभियानका जिल्ला सदस्य श्री चन्द्रशेखर साह (डब्लु जी) को विशेष उपस्थिति एवं मिर्चैया नगर जनपरिचालन समिति संयोजक श्री मुन्ना यादव ज्युको अध्यक्षतामा सु(सम्पन्न भई तपसिल बमोजिमको निर्णय गरि मोर्चा एवं अभियानको केन्द्रिय सचिवालयमा निर्णय अनुमोदन एवं अनुमतिका लागि पठाईएको ब्यहोरा सहितका विषयहरुलाई मोर्चाको तर्फबाट अनुमोदन साथ निर्णय कार्यान्वयनका लागि अनुमति प्रदान गरिन्छ साथै सिफारिस बमोजिमको काम(कार्यवाही अगाडी बढाउन शुभकामना एवं हार्दिक धन्यवाद सहित बधाई पनि दिईन्छ ।