हिपमत डटकम

शुक्रबार, पौष १०, २०७७ || 629  पटक पढिएको

जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् ।

पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । “पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौँ”, उनले भने, “उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन ।”

पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता लगाईसके पनि कसैलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । “ती बालिकालाई पनि उनीहरुले सँगै लगेको हुनसक्ने अनुमान गरेका छौँ”, प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले भने, “प्रहरीले ती महिला र पुरुषको खोजी कार्यलाई तीव्रता दिँदै आएको छ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!