
नेकपाको ओली पक्षमा गएका २३ जना केन्द्रीय सदस्य प्रचण्ड माधव पक्षको नेकपामा फर्केका छन् । सो पक्षको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्ष छोडेर २३ जना सदस्यहरु आफ्नो पक्षमा फर्केको जानकारी दिएका हुन् ।

‘इमान्दार कम्युनिस्ट र क्रान्तिकारीहरु अझै फर्कदै जानुहुन्छ भन्ने विश्वास राख्दछु’ प्रचण्डले सम्बोधनका क्रममा भने ।